लेखनाथमा ३८ युनिट रगत संकलन

समाधान संवाददाता २०७७ मंसिर १५ गते ११:२८

समाधान संवाददाता, लेखनाथ ।

लायन्स क्लब अफ पोखरा मुनाल र राइजिङ स्टार युथ क्लबले आइतबार गरेको कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ ।

पोखरामा देखिएको रगतको अभाव कम गर्ने उद्देस्यले २ सस्थाको सहकार्यमा पोखरा २७ को रिठेपानीमा आइतबार रक्तदान भएको हो ।
पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता महेन्द्रजंग

Advertisement

गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका हुन् ।
रक्तसञ्चार केन्द्र पोखरा प्रमुख अर्जुन ज्ञवालीले हरेक स्वच्छ मानिसले ३÷३ महिनामा रत्तदान गर्दा राम्रो हुने सुझाव दिँदै चाडवाडका कारण बजारमा दिेखिएको रगतको अभावलाई कम गर्न यस यस प्रकारका कार्यक्रम फलदायी बताए ।

लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष पुरुषोत्तम पहारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा ब्लड डोनेसन डिपार्टमेन्ट चिफ बालकृष्ण शर्मा, कार्यक्रम संयोजक तथा ७१ पटक रत्तदान गरिसकेका जीतेन्द्रमान शाक्य लगायतले रक्तदान गर्दा मानिस झन् स्वच्छ हुने धारणा राखे ।

Advertisement

रिजन चियर पर्सन ज्ञानेन्द्रराज कोइरालाले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन राइजिङ स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङले गरेका थिए ।

तपाईको प्रतिक्रिया