सामुदायिक वनका महिला अध्यक्षहरु सम्मानित

समाधान संवाददाता, पोखरा ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत कास्कीका सामुदायिक वनका १० महिला अध्यक्षलाई आइतबार सम्मान गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ कास्की र हरियोे वन कार्यक्रमले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य प्रभा कोइरालाले उनीहरुलाई सल ओढाएर सम्मानपत्र प्रदान गरिन् ।
सम्मानित हुने अध्यक्षहरुमा सविता बाँनिया, देवी सुवेदी, सिता अधिकारी, जमुना लामिछाने, खीमादेवी बांस्तोला, सरस्वति बस्ताकोटी, गंगा पराजुलीथापा, तुलसी बस्नेत, गिता न्यौपाने, पशुपति केसी छन् । जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले कास्कीका ५सय ३५ सामुदायिक वन मध्ये ३५मा महिला अध्यक्ष रहेको जानकारी दिए ।
गण्डकी प्रदेश सभाका सदस्य कोइरालाले लैंगिक हिंसाका घटना बढेकोले १६ दिने अभियानमा मात्र नभएर ३ सय ६५ दिन नै महिलाहरु सजक र सतर्कता अपनाउनु पर्ने बताइन् । ‘समाजमा लैंगिक विभेद कायम छ । महिलालाई हेर्ने सोंच र दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन्,’उनले भनिन्, ‘आर्थिक सशक्तिकारण नभएसम्म समाजमा महिलाको स्थान र भूमिका कमजोर हुने भएकोले आय आर्जन र उद्यमशिलताको विकासका लागि सामुहिक ढंगले योजना बनाऔं ।’ उनले लैंगिक समानता सरकारी नीतिमा मात्र सिमित भएको र व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाइन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले लैंगिक हिंसाका घटना बढी भएकोले सामुदायिक वनहरुले ३सय ६५ दिन नै हिंसा बिरुद्धको अभियान गरेको दाबी गरे । ‘हरेक सामुदायिक वनमा महिलाको ५० प्रतिशत सहभागिता अनिवार्य छ । अध्यक्ष तथा सचिव मध्ये १ महिला र उपाध्यक्ष तथा कोषाध्यक्ष मध्ये १ महिलाको प्रतिनिधित्वको व्यवस्था गरिएको छ,’उनले भने, ‘महिला पुरुषको समान सहभागिता, समान जिम्मेवारी, समान सम्मान र समान गतिविधि गरेका छौं ।’
‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सबैको प्रतिवद्धता’ तथा ‘वन व्यवस्थापनमा ग्रामिण महिलाको योगदानः लैंगिक हिंसा मुक्त वन क्षेत्र हाम्रो अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्यहरु सरिता कुमाल र हरि बांस्तोला, जिल्ला महासंघ कास्कीका उपाध्यक्ष चुडामणि अधिकारी, सचिव पार्वती सुवेदी, शुक्ला गण्डकी वन समूह पोखरा ३०का अध्यक्ष गिता न्यौपाने लगायतले बोलेका थिए ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया