थपिए १ हजार ३ सय ४ संक्रमित

समाधान संवाददाता २०७७ मंसिर १६ गते १६:४४

काठमाडौँ

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ हजार ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ।

Advertisement

हाल देशभर १६ हजार ६ सय ३३ जना सक्रिय संक्रमित छन् भने ६ सय १६ जना क्वारेन्टिनमा छन्।

तपाईको प्रतिक्रिया