थप १३४३ जनामा काेराेना, १३ संक्रमितको मृत्यु
समाधान संवाददाता
२०७७ मंसिर १८ गते १६:३७

काठमाडौं
देशभर १३ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। योसहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ।
देशभर १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ५१ जना संक्रमितको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९जनाको पिसिआर परीक्षण भएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया