गण्डकीमा आज १५६ स्वाब परीक्षण, ८४ जनालाई कोरोना

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा शुक्रबार थप ८४ जनामा कोरोनाा भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार ५ जिल्लाका ८४ जनामा पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका ७१ जना छन् । शुक्रबार जम्मा १ सय ५६ स्वाब परीक्षण भएको छ ।
त्यसबाहेक म्याग्दीका ९, स्याङ्जाका २, बागलुङ र तनहुँका १/१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ४ सय ७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
तीमध्ये ७ हजार २ सय ९१ जना निको भएका छन् । शुक्रबार १३ जना कोरोनामुक्त भएको निर्देशनालयले जनाएको छ ।
शुक्रबार थप १ संक्रमितको मृत्यु भएको छ । कास्की पोखरा महानगरपालिका ८ की ६६ वर्षे महिलाको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
ती महिलामा कोभिडसँगै, मधुमेह र उच्च रक्तचापको समस्या थियो । योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६३ पुगेको छ ।









लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए
पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार
एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया