पोखराका ३ संक्रमितको मृत्यु, प्रदेशमा मृतक संख्या १६६ पुग्यो
समाधान संवाददाता
२०७७ मंसिर २० गते १५:२५

समाधान संवाददाता, पोखरा
पोखराका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ पुरुषको शनिबार बिहान र १ महिलाको शुक्रबार राति मृत्यु भएको हो ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका १२ का ८० वर्षे वृद्ध, पोखरा १७ का ५७ वर्षे पुरुष र पोखरा ११ की ७२ वर्षे महिला छन् ।
पोखरा ११ र पोखरा १२ का संक्रमितको फिस्टेल अस्पतालमा मृत्यु भएको हो । अर्का संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
पोखरा १७ का मृतकमा निमोनिया, मधुमेह र पोखरा १२ का वृद्धमा निमोनिया र उच्च रक्तचापको समस्या थियो । अर्की महिलामा निमोनियाको समस्या थियो ।
योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।
सम्बन्धित









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया