थप १ संक्रमितको मृत्यु, ८८ जनालाई संक्रमण
समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा सोमबार १ कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको फेलवास नगरपालिकाका ३८ वर्षे पुरुषको मृत्यु भएको हो । १९ मंसिरमा कोरोना पुष्टि भएका उनको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
ती पुरुषमा भाइरल निमोनियाको समस्या थियो । योसहित प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ७१ पुगेको छ । कास्कीका ९२, नवलपुरका २०, तनहुँका १८, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३/३ संक्रमितको मृत्यु भएको हो ।
प्रदेशमा सोमबार ८८ संक्रमित थपिए । ५ सय २१ स्वाब परीक्षण गर्दा ८८ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । कास्कीका ५३, नवलपुरका १५, तनहुँ र लमजुङका ७/७, स्याङ्जाका ३, गोरखाका २ र पर्वतका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७ पुगेको छ । सोमबार ८१ संक्रमित निको भए । योसहित प्रदेशमा निको हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको छ ।
गण्डकीमा ५ हजार १ सय २५ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । तीमध्ये ४ हजार ४२ जना होम आइसोलेसनमा छन् ।
तपाईको प्रतिक्रिया