दोहोरी खोल्न नदिए व्यवसायीले आन्दोलन गर्ने

समाधान संवाददाता, पोखरा
लोकदोहोरी कलाकार तथा व्यवसायीले दोहोरी साँझ सञ्चालन गर्न दिन स्थानीय प्रशासनलाई ३ दिनको अल्टिमेटम दिएका छन् ।
पोखरा लोकदोहारी रेस्टुरेन्ट व्यवसायी संघ कास्की, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति र जिल्ला कार्य समिति कास्की र सांगीतिक कलाकार संघ नेपाल कास्कीले ३ दिनभित्र दोहोरी साँझ सञ्चालनको अनुमति नदिए चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।
सोमबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा लोक दोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङले सबै प्रकारको सञ्चालन भई रहेको अवस्थामा दोहोरी साँझ चलाउन नदिएर अन्याय गरेको बताए ।
लकडाउनको कारण गत चैत ५ गतेदेखि बन्द रहेका दोहोरी व्यवसायहरु खोल्न साउनदेखि प्रयास गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले निर्धारित समयमा खोल्न नदिए मादल बजाएर शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिए । उनले दोहोरी व्यवसाय गर्न पाउन पर्ने माग राख्दै ५ महिनादेखि सामूहिक र संस्थागत प्रयास गरेको बताए ।
उनले सरकारले तयार गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी व्यवसाय गर्न अनुमति दिन र सहजीकरण गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई पटकपटक भेटेको स्मरण गराए ।
दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले दोहोरी गाएर सांकेतिक प्रर्दशन तथा दवाबमूलक कार्यक्रम गर्ने जानकारी दिए ।
‘९ महिनादेखि २५ दोहोरी साँझ बन्दहुँदा ४सय ५० कलाकारको रोजीरोटी गुमेको छ,’ अध्यक्ष गुरुङले भने, ‘कित राज्यले मारमा परेका कलाकारको लागि राहत प्याकेज ल्याएर जिम्मा लिनुप¥यो । कित तोकिएको मापदण्ड पूरा गरेर दोहोरी व्यवसाय खोल्न दिन प¥यो ।’
अध्यक्ष गुरुङले मंसिर २५ गते बेलुकासम्म व्यवसाय खोल्न नदिए २६ गते स्थानीय प्रशासनलाई तालाचाबी बुझाएर कार्यरत कलाकार र कर्मचारीको नाम लिस्ट दिएर रोजीरोटीको जिम्मा लिन अनुरोध गरिने बताए ।
दोहोरी गीत प्रतिष्ठानका पूर्व उपमहासचिव तथा दोहोरी व्यवसायी संघ कास्कीका महासचिव चोलेन्द्र पौडेलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको परिपत्र अनुसार काठमाडौं चितवन, बुटवल दमौली लगायत सहरमा व्यवसाय सञ्चालन भइरहेको जानकारी दिए ।
उनले पोखराको लेकसाइडमा समेत दोहोरी जस्तै प्रकृतिको मनोरन्जन व्यवसाय सञ्चालन भएको उल्लेख गरे ।
दोहोरी कलाकार तथा व्यवसायीहरुले संयुक्त रुपमा प्रकाशित प्रेस विज्ञप्तिमा प्रदेशका मुख्यमन्त्री गुरुङ, विभागीय सामाजिक विकास मन्त्री नरदेवी पुनमगर, पोखरा महानगरपालिकाका मेयर जिसीबाट सकारात्मक सुझाव आएको भएता पनि प्रमुख जिल्ला अधिकारी ढकालले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कुरेको उल्लेख छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया