पोखराका ४ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ मंसिर २४ गते १५:०५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । ४ जनै मृतक कास्की पोखरा महानगरका छन् ।

मृत्यु हुनेमा कास्की पोखरा १३ का ७७ वर्षीय संक्रमित पुरुष छन् । मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएका उनको मंगलबार राति पौने १ बजे मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनमा छातीको समस्या थियो ।

Advertisement

कास्की पोखरा १४ का ७४ वर्षीय कोरोना संक्रमित छन् । उनकोे मंगलबार बिहान साढे ७ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको हो ।

मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएका उनमा कोभिड निमोनियाको समस्या थियो ।

Advertisement

पोखरा १५ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान साढे ४ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको छ ।

श्वासप्रश्वास तथा मधुमेहको समस्या रहेका उनमा मंसिर २१ गते कोरोना पुष्टि भएको थियो ।

मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएकी पोखरा १६ की ५९ वर्षीया संक्रमित महिलाको बुधबार साढे ५ बजे फिस्टेल अस्पतालमा निधन भएको छ ।

उनमा कोभिड निमोनिया र श्वासप्रश्वासको समस्या थियो ।

गण्डकी प्रदेशमा यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ ।

प्रदेशमा बुधबारसम्म १२ हजार ७ सय ७४ संक्रमित हुँदा ७ हजार ४ सय ७८ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया