सुनासको अध्यक्षमा रवीन्द्र

समाधान संवाददाता, पोखरा
सुशासनका लागि नागरिक समाज (सुनास)कास्कीको सातौं वार्षिक अधिवेशन तथा १२ औं साधारण सभा बुधबार भएको छ ।
अधिवेशनले रवीन्द्र बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्ष श्याम कुँवर, सचिव विष्णुप्रसाद अधिकारी, सहसचिव सिरोज कोइराला, कोषाध्यक्ष विश्वमोहन अधिकारी छन् ।
कार्यसमितिको सदस्यमा विष्णुप्रसाद पौडेल, मीलन थापा, उपेन्द्रप्रसाद पौडेल, कुञ्जनी परियार प्यासी, शान्तिकुमारी गुरुङ र लोकनाथ गौतम छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले अधिवेशनको उद्घाटन गर्दै राज्यका सयन्त्र सवल र सक्षम नभएसम्म भ्रष्टाचार निवारण नहुने बताए ।
ग्लोबल करप्सन ब्यारोमिटरले नेपालमा भ्रष्टाचार बढेको तथा सुधारका काम समेत भएको देखाएको उल्लेख गर्दै उनले प्रतिवेदनप्रति सरकारको गैरजिम्मेवारीपूर्ण टिप्पणी नेपालको प्रतिष्ठा घटेको धारणा राखे ।
‘घुसखोरीका तौर तरिका फेरिएका छन् । नयाँनयाँ आयामका साथ घुसखोरी बढेको छ,’उनले भने, ‘सुशासन प्रवद्र्धन र सदाचार पद्धति कायम गर्न रणनीति परिवर्तन गर्नु आवश्यक छ ।’
उनले राजनीति, निजीक्षेत्र र कर्मचारीको मिलेमतोमा भ्रष्टाचारजन्य गतिविधि बढेको उल्लेख गरे ।निर्वाचन पद्धतिलाई सुधार नगरेसम्म भ्रष्टाचार निवारण गर्न नसकिने बताए ।
कार्यक्रममा सुनासका अध्यक्ष रवीन्द्र बास्तोला, निवर्तमान अध्यक्ष प्राडा वेदनाथ शर्मा, पूर्व अध्यक्षहरु चन्द्रकृष्ण कर्माचार्य र पुण्य पौडेल, सचिव विष्णुप्रसाद अधिकारी लगायतले बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया