लक्ष्मी आदर्शमा सम्मान

समाधान संवाददाता, लेखनाथ
पोखरा महानगरपालिका २७ शिशुुवामा रहेको लक्ष्मी आदर्श माध्यमिक विद्यालयले सोमबार सम्मान कार्यक्रम गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित बाबुराम गिरी र विद्यालय परिसरमा मञ्च निर्माण गर्न आर्थिक सहयोग गर्ने समाजसेवी शिवप्रसाद न्यौपानेलाई बधाई दिँदै सम्मान गरिएको हो ।
लेखनाथ उद्योग वाणिज्य संघका पूूर्व अध्यक्ष एवं व्यवसायी बाबुराम गिरीले समग्र लेखनाथबासीको एकता र सामुुहिक भावनाले विजय भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरीले यो जित संघको मात्र नभएर सम्पूर्ण व्यवसायीहरुको, लेखनाथवासी एवं विद्यालय परिवारको जित भएको धारणा राखे ।
पोखरा २७ शिशुवा निवासी समाजसेवी शिवप्रसाद न्यौपानेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी राजेन्द्रमणि लामिछानेलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेले गिरीको जित र न्यौपानेको विद्यालय परिवारलाई उत्साही बनाएको बताए ।
विद्यालयका प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले विद्यालयको शैक्षिक एवं भौतिक पक्षको विकासका लागि नवनिर्वाचित गिरीसँग अपेक्षा राखेको बताए ।
शिक्षक अभिभावक संघका अध्यक्ष शिवमणि अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य अम्बिका सुवेदी, शिक्षक कोपिला धिताल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षक हेमराज आचार्यले गरेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया