‘महिला आरक्षण सधैभरि चाहिन्न’

समाधान संवाददाता २०७७ मंसिर २७ गते १२:२९
cWoIf ltldlN;gf k':ts ljdf]rg ub}{ kf]v/f,@^ dªl;/ M kqsf/ b'uf{ clwsf/Låf/f lnlvt ;dfh ;~rf/ / /fhgLlt -n]v ;ªu|x_ k':tssf] z'qmaf/ kf]v/fdf ljdf]rg ug{'x'Fb} /fli6«o;efsf cWoIf u0f]z ltldlN;gf . t:jL/ M /flwsf sF8]n÷/f;;

समाधान संवाददाता, पोखरा

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले महिला आरक्षण सधैभरीको लागि आवश्यक नपर्ने बताएका छन् ।

उनले अहिले महिलाको सशक्तिकरणको लागि मात्र आरक्षण चाहिएको तर्क गरे ।

Advertisement

पत्रकार दुर्गा अधिकारीले लेखेको पुस्तक ‘समाज, सञ्चार र राजनीति’ शुक्रबार विमोचन गर्दै अध्यक्ष तिमिल्सिनाले सशक्तीकरणको पक्षमा महिला आफैले ध्यान दिनुपर्ने सुझाव दिए ।

‘महिलाहरु पुरुषसँग प्रतिस्पर्धा गर्न सक्ने दृढ संकल्पका साथ अगाडि बढे आरक्षण सदाका लागि चाहिन्न,’अध्यक्ष तिमिल्सिनाले भने, ‘महिलाको प्रतिस्पर्धी क्षमताको विकास र आर्थिक रुपमा सशक्तीकरण आजको आवश्यकता हो ।’

Advertisement

उनले महिलालाई अधिकार सम्पन्न बनाउने सवालमा नेपालको संवैधानिक र कानुनी पक्ष राम्रो भएतापनि नीति र कानुनको कार्यान्वयन पक्ष कमजोर भएको टिप्पणी गरे ।

राजनीतिमा लागेका केही व्यक्तिबाहेक सबै खराब नभएको दाबी गर्दै उनले एउटाले विराउने सारालाई पिराउने गरी टीका टिप्पणी नगर्न पत्रकारलाई सुझाव दिए ।सञ्चार माध्यममा नकारात्मक सामाचारले धेरै स्थान पाउने गरेको दाबी गर्दै उनले नकारात्मक पक्षलाई दिने भन्दापनि सकारात्मक पक्षलाई समेत जनसमक्ष ल्याउन आग्रह गरे ।

उनले नकारात्मक समाचारमात्र प्रवाह गर्ने हो भने समाजमा फ्रस्टेसन बढ्ने तर्क गरे ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्ने पहिलो दायित्व सरकारको भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले सरोकारवाला सबैको एकीकृत तथा सामूहिक एवं जनस्तरको अनुशासित प्रयासबाट नियन्त्रण गर्न सकिने तर्क गरे ।

रेडियो सफलता मिडिया प्रालिले आयोजना गरेको कार्यक्रममा पत्रकार केशवशरण लामिछानेले पुस्तकको समीक्षा गर्दै पत्रकारको धर्म लेखन भएको उल्लेख गर्दै विचार र विश्लेषण लेखेर अब्बल बन्नुपर्ने बताए ।

उनले अधिकारीको लेखन भन्ज्याङमा पुगिसकेको र चुचुरा चढ्ने काम भने बाँकी रहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारले अभिलेखलाई व्यवस्थापन गरेर संग्रह नगरे रैथाने सीप हराएर जाने बताए ।

लेखक दुर्गा अधिकारीले पत्रकारको रुपमा काम गर्दा विचार पोख्न नपाएर लेखन थालेको उल्लेख गरिन् ।

पेसाप्रति समर्पित भएर निष्पक्ष लेखनको थालनी गरेको चर्चा गर्दै उनले लेखनलाई निरन्तर रुपमा अगाडी बढाउने बताइन् ।

कार्यक्रममा रेडियो सफलताका निर्देशक गोविन्द कोइराला, कार्यक्रम प्रस्तोता, पार्वता पौडेल, पत्रकार अन्जु बरालले बोलेका थिए ।

तपाईको प्रतिक्रिया