सराङकोट सहकारीको वार्षिकोत्सवमा रक्तदान

समाधान संवाददाता २०७७ मंसिर २८ गते १०:२०

समाधान संवाददाता, पोखरा

सराङकोट बहुउद्देश्यीय सहकारीको १५ औं वार्षिकोत्सवको अवसरमा भएको रक्तदानमा३२ युनिट रगत संकलन भएको छ ।

पोखरा महानगरपालिका ९ का अध्यक्ष रामराज लामिछाने पहिलो रक्तदाता संस्थाका सल्लाहकार राममणि पौडेल र सेयर सदस्य सान्त्वना पराजुलीलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरेका थिए ।

Advertisement

लामिछानेले सहकारीले सामाजिक, आर्थिक रुपमा खेलेको भूमिका महत्वपूर्ण भएको बताए ।

रक्तदानले मानिसको जीवन रक्षा गर्न योगदान गर्ने भएकाले बेला बेलामा रक्तदान गर्नरक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले आग्रह गरे ।

Advertisement

२०६२ सालमा स्थापना भएको यो सहकारीले स्थापनादेखि रेडियो सराङकोटसँगै बचत तथा ऋणको कारोबार गर्दै आएको सचिव कृष्ण थापाले बताए।

संस्थाले पुसदेखि सदस्यमुखी छुट तथा सहुलियतका लागि विभिन्न व्यवसायिक पसलबाट छुट योजना सञ्चालन गर्ने उनले उल्लेख गरे ।

संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, मिर्मिरे सहकारी संस्थाका अध्यक्ष लेखनाथ तिवारी, मेडीसिटी हस्पिटल ट्रमा सेन्टरका अध्यक्ष रमेशकुमार थापा, संगम मार्ग टोल विकास संस्थाका अध्यक्ष ढाकाराम लामिछाने, महिला समूहका अध्यक्ष इन्दिरा लामिछाने, जिल्ला प्रहरी कार्यालयका सञ्चार प्रमुख राजेन्द्र पौडेल, कार्यक्रम संयोजक सुरेन्द्र थापा, सल्लाहकार इन्द्रकमल मानन्धर लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया