भिभोको वर्षकै ठूलो वार्षिक बिक्री मेला

समाधान संवाददाता २०७७ मंसिर २८ गते १०:२६

समाधान संवाददाता, पोखरा

विश्वव्यापी स्मार्टफोन ब्रान्ड भिभोले ग्राहकका लागि नेपालमा आफ्नो ब्रान्डको तेस्रो वार्षिकोत्सवमा शनिबारबिगेस्ट एनुवल सेल्स कार्निभल सुरुवात गरेको छ ।

भिभोले नेपालका प्रयोगकर्ता साथै विद्यार्थी, यात्री, फाटोग्राफर र भिभो फ्यान क्लबका सदस्यका लागि सबैभन्दा ठूलो बिक्री मेला गरेको भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्सले जानकारी दिए ।

Advertisement

उनले १२ डिसेम्बर २०२० देखि सुरु भएर ५ जनावरी २०२१मा समापनहुने वार्षिक मेलामा भिभो स्र्माटफोन खरिदमा रोमाञ्चक उपहार तथा बम्पर पुरस्कारको व्यवस्था गरिएको बताए ।

भिभो भी १९, भिभो एस १, प्रो एन्ड भिभो बाइ १२ स्र्माटफोनमा विशेष छुटका साथ बिक्री गरिनेछ ।

Advertisement

सिइओ मासका अनुसार सिमित अवधिको यो अवसरले नेपालको स्मार्टफोन बजारका निश्चित ह्यान्डसेटमा निकै ठूलो छुट प्रदान गर्ने छ ।

जुन नजिकैका आउटलेटहरुमा वा भिभोको आधिकारिक अनलाइन पार्टनर दराजमार्फत् लिन सकिन्छ ।

‘भिभोले मेलाका २५ दिनभित्र प्रत्येक भिभो स्मार्टफोन बिक्रीमा लक्की ड्रमार्फत्आकर्षक उपहार र बम्पर पुरस्कारहरु वितरण गर्नेछ,’सिइओ मासले भने, ‘लक्की ड्र उपहारको रुपमा भिभोले ग्राहकलाई १हजार ५सय स्क्रिन रिप्लेस्मेन्टस्, १० पावर ब्यान्क, ६ ऐयरबडस् र ४३इन्च स्मार्ट टिभी प्रदान गर्नेछ ।’

उनले नेपालमा तेस्रो वार्षिकोेत्सवका अवसरमा भारी छुट र बम्पर पुरस्कारका रुपमा आकर्षक अफर ल्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

भिभोले नेपालमा २०१७ बाट सुरु गरेको हो । नेपाली स्मार्टफोन बजार स्थापनादेखि नै नवीन र उत्कृष्ट प्रविधिकाविभिन्न सिरिज वाइ भिका स्मार्टफोन छ ।

तपाईको प्रतिक्रिया