क्यामेरा चोर्ने पोखराका २ किशोर पक्राउ

समाधान संवाददाता २०७७ मंसिर २९ गते १९:३१

समाधान संवाददाता, पोखरा

घरमा राखेको क्यामेरा चोर्ने २ किशोरलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका ३ तेर्सापट्टी बस्ने प्रवीण वैद्यको घरबाट क्यामेरा चोर्ने १९ वर्षे दीपक मगर र अनीश बराइलीलाई पक्राउ गरिएको हो ।

उनीहरुले २३ मंसिरमा वैद्यको घरबाट साढे २ लाख रुपैयाँ बराबरको क्यानोन कम्पनीको क्यामेरा चोरेको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका मगर पोखरा महानगरपालिका ५ जिरो किमी र बराइली पोखरा २२ पुम्दीभुम्दी बस्छन् । दुवैमाथि चोरी तथा डाँकासम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया