अध्यादेश फिर्ता लिन ओली सहमत

समाधान संवाददाता २०७७ पुष १ गते १६:३५

काठमाडौं

Advertisement

संवैधानिक परिषद् सम्बन्धी मंगलबार जारी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् । बालुवाटारमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको दोस्रो छलफलमा अध्यादेश फिर्ता लिन ओली सहमत भएको स्रोतले बतायो ।

स्थायी समिति बैठकअघि अध्यक्षद्वय ओली–दाहाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो ।

यसअघि आजै बिहान पनि अध्यक्षद्वयबीच छलफल भएको थियो । ओली अध्यादेश फिर्ता लिन सहमत भएसँग दाहाल पनि स‌ंसद्को विशेष अधिवेशन बोलाउने अभियानबाट पछि हट्ने भएका छन् ।

दाहाल पक्षले बुधबार संसद्को विशेष अधिवेशन माग गर्दै हस्ताक्षरसहित राष्ट्रपति विध्यादेवी भण्डारीलाई आग्रह गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया