राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री, २ चरणमा चुनाव गर्न प्रस्ताव
समाधान संवाददाता
२०७७ पुष ५ गते १३:१६

समाधान संवाददाता
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन्। संसद विघटनका लागि सिफारिस गरेलगत्तै राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओलीले शितल निवास पुगेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद विघटन गरेलगत्तै दुई चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने प्रस्तावको तयारी गरेका छन् ।
वालुवाटारनिकट स्रोतका अनुसार वैशाख १७ र २७ गरी दुई चरण गर्न प्रस्तावको तयारी गरेका हुन्।
मन्त्रिपरिषद्ले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री ओली शीतल निवास गएका थिए। सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको निर्णय गरेलगत्तै प्रधानमन्त्री ओलीले निर्वाचनको मिति घोषणा गर्ने सम्भावना देखिएको छ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया