किवीको वाइन ‘प्रिन्सेस’ पोखरामा

समाधान संवाददाता
राजधानी काठमाडौं र प्रदेश नं. १ मा बिक्री सुरुवात भएको केही महिनामै किबीबाट बनेको प्रिन्सेस’ वाइनको बजार विस्तार हुने भएको छ ।
माउन्ट एभरेस्ट वाइनरी उद्योगद्वारा उत्पादित वाइनको पोखरामा बिक्री सुरुवात हुन लागेको हो ।
पोखरामा सोमबारबाट प्रिन्सेस वाइनको बिक्री सुरुवात हुने उद्योगका प्रवन्ध निर्देशक विष्णुप्रसाद बास्तोलाले जानकारी दिए ।
बागमती प्रदेश र प्रदेश नम्बर १ पछि गण्डकी प्रदेशमा प्रिन्सेस वाइनको बजार विस्तार गर्न पाउँदा खुसी लागेको बास्तोलाले बताए ।
‘पर्यटकीय नगरी पोखरामा वाइनको बजार विस्तार गर्न पाउँदा खुसी छौं,’ बास्तोलाले भने, ‘पर्यटकीय नगरी पोखरा क्षेत्रमा प्रिन्सेस वाइन धेरैको रोजाइमा पर्नेमा हामी विश्वस्त छौं ।’
प्रिन्सेस वाइनका लागि पोखराको आधिकारिक बिक्रेतामा होराइजन ट्रेडलिंक प्रालि पोखरा नियुक्त भएको छ ।
ट्रेडलिंकका अध्यक्ष रामेश्वर ढुंगानाले नेपाली बजारमा पाइने अन्य वाइनभन्दा प्रिन्सेस वाइन फरक स्वादमा बजारमा आएको जनाए ।
वाइनरी क्षेत्रमा संगालेको लामो अनुभव र देशविदेशका तालिमबाट प्राप्त गरेको ज्ञानका कारणले आफूहरुले उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल भएको प्रवन्ध निर्देशक बास्तोला बताउँछन् । वाइनको उद्योग धनकुटामा छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया