४४ युनिट रगत संकलन

समाधान संवाददाता, पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतका दक्षिणी चेम्बर इकाई र फेवा इकाईले मंगलबार बिरौटामा खुला रक्तदान आयोजना गरेका छन् । चेम्बरको दोस्रो वार्षिकोत्सवका अवसरका सप्ताहव्यापी घुम्ती रक्तदानमा ४४ युनिट रगत संकलन भएको महासचिव उमराज बास्तोलाले जानकारी दिए ।
गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा बिष्टले पोखरा आसपासमा रगत अभाव हुन नदिन सबै संघ, संस्थालाई खुला रक्तदान गर्न आग्रह गरे । पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनारले चेम्बरले पोखरा महानगरलाई ७ वटा इकाईमा विभाजन गरेर उद्योगी व्यवसायीको पक्षमा काम गरेको जनाए ।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिकाका सदस्य राधिका शाही योगी, क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, चेम्बर अफ कमर्स कास्कीका वरिष्ठ उपाध्यक्ष गीता तिवारी गौतम, वाणिज्यतर्फका उपाध्यक्ष यमनाथ पौडेल, वस्तुगत तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, सचिवहरु प्रेम सुवेदी र नारायण पौडेल, कोषाध्यक्ष कमल बस्नेत, सचिवालय सदस्यहरु रविबहादुर विक, सुरेश दाहाल, नवीन बराल, चेम्बर अफ कमर्स फेवा इकाईका अध्यक्ष कमल भुजेल, चेम्बर अफ कमर्स दक्षिणी इकाईका उपाध्यक्ष राजु सुनार, महासचिव गोकर्ण क्षेत्री, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक शम्भुनाथ योगी लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।
पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतको सेती विजयपुर इकाई १५ गते अमरसिंहचोकका रक्तदान गरेका कोषाध्यक्ष कमलबहादुर बस्नेतले जानकारी दिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया