जाडो, गर्मी दुवैमा उपयोगी एसी बजारमा

समाधान संवाददाता, पोखरा ।
नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले जाडो र गर्मी दुवै मौसममा प्रयोग गर्न मिल्ने र कम विद्युत खपत गर्ने एसीहरु बजारमा ल्याएको छ । सिजीले सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेष त बढ्दो जाडोलाई मध्यनजर गर्दै ल्याएको हो ।
सिजीले हालै आफ्ना सबै ग्राहकका लागि ‘हर मौसममा बचत’ नामक योजना पनि ल्याएको छ, जसको उदेश्य यो जाडो याममा जीवन सरल, सहज बनाउँदै विधुतमा पनि बचत गराउनु रहेको छ ।
अधिक एसीको प्रयोगले गर्दा जाडो मौसममा विद्युतको शुल्क अधिक आउने गरेको र यसले ग्राहकहरुलाई जाडो सहनुपर्ने वा चर्को शुल्क तिर्न वाध्य बनाउने भएकाले सिजी इन्भर्टरका एसीका साथ यस जाडोमा ग्राहकले न्यानो प्राप्त गर्नेको साथै विद्युतमा पनि बचत गर्नेसक्ने कम्पनीले जनाएको छ ।
सिजीका एसीलाई ३ प्रकारमा विभाजन गरिएको छ । जसमा इन्भर्टर वाल माउन्ट, स्प्लिट टाइप एसी, अन अफ वाल माउण्न स्प्लिट टाइप एसी र सिलिङ क्यासेट टाइप एसी छन् । यी एसीहरु ०.७५ टन देखि ३.० टनसम्ममा उपलब्ध छन् । सिजीका एसीमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौंभित्र २४ घण्टाभित्र नै जडान गरिदिने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया