क्रिकेट रङ्गशालाका लागि ‘गो फण्ड मी’ मार्फत सहयोग गर्न सकिने

समाधान संवाददाता,रासस
भरतपुरको चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्र्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न मिल्ने भएको छ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले एउटा भिडियो सन्देश सार्बजनिक गर्दै देश बिदेशबाट ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताएका हुन्।
केही महिनाअघि औपचारिक रुपमा निर्माण घोषणा गरिएको यो रङ्गशाला अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला नेपाली मौलिक शैलीमा निर्माण हुनेछ। रङ्गशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक सहयोग संकलन गरिरहेको छ।
चितवनको भरतपुरमा निर्माण हुने यो रङ्गशालाको लागि फिल्डको काम सुरु भईसकेको छ। फाउण्डेशनले कर्मचारीहरुको आवास र संचालनका लागि चितवनको रामपुरमा शाखा कार्यालय समेत सञ्चालन गरिसकेको छ।
बहुउद्देश्यीय यो रङ्गशाला निर्माणका लागि ३ अर्ब लाग्ने अनुमान गरिएको छ। फाउण्डेशनका अनुसार रङ्गशालामा क्रिकेट मात्र नभई नेपालमा खेलिने महत्वपूर्ण खेलहरु समेत यसमा खेल्न सकिनेछ।
यो परियोजना शिलान्यास गरिएको २ बर्षमा सम्पन्न गर्ने फाउण्डेशनको लक्ष्य छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया