तीतेपानीमा ५० हजार लिटरको टंकी

समाधान संवाददाता २०७७ पुष २० गते १२:२१

समाधान संवाददाता, पोखरा

पोखरामा मर्दी खोलाबाट सिधै घरघरमा खानेपानी वितरण गरिएको छ ।

वर्षाको समयमा खोलाको पानी धमिलो आउँदा घरको धारामा पनि पानी उस्तै आउँछ ।

Advertisement

केही स्थानीयलाई भए पनि यो समस्याबाट मुक्ति दिन पोखरा१७ रानीवनको छेउमा रहेको तीतेपानीको खानेपानी संरक्षण थालिएको छ ।

यसका लागि पानीटंकी निर्माण सुरु भएको छ । पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले शुक्रबार ५० हजार लिटर क्षमताको पानीटंकी शिलान्यास गरे ।

Advertisement

टंकीका लागि वडाले तत्काल १० लाख रुपैयाँ उपलब्ध गराउने उनले प्रतिवद्धता गरे । योजनामा स्थानीयको साथ, सहयोग रहने उनले अपेक्षा गरे ।

कार्यक्रममा पोखरा महानगरका कार्यपालिका सदस्य राधिकाकुमारी शाही योगी, वडा सदस्य बैकुण्ठ भण्डारी, नेकपा पोखरा १७ का अध्यक्ष सुवास ढुंगाना, नेपाली कांग्रेस पोखरा १७ का सभापति देवराज आचार्य, इन्जिनियरहरु किसनसिं गुरुङ र जीवन शेरचन, पर्यटन व्यवसायी बच्चुराम तिवारी, धर्मदत्त तिमिल्सिना लगायत, स्वागत डेभिजफल क्लबका अध्यक्ष खेमराज बराल (पुष्प), सचिव अनन्तराज लम्साल लगायतले बोलेका थिए ।

टंकी निर्माणका लागि ३५ लाख खर्च हुने अनुमान गरिएको छ । समितिका अध्यक्ष पदमबहादुर ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

अन्तिम साता पोखरा १७ का संघ, संस्थाका प्रतिनिधिको भेलाले ढकालको अध्यक्षतामा ११ सदस्यीय तीतेपानी संरक्षण समिति गठन गरेको थियो ।

समितिमा उपाध्यक्षखेमराज बराल (पुष्प), सचिव अनन्तराज लम्साल, कोषाध्यक्ष कृष्णप्रसाद पौडेल, सहसचिव विना पौडेल छन् ।

सदस्यमा हरि लम्साल, दानबहादुर शाही, कृष्ण थापा, कोपिला दिवाली, घनश्याम सुवेदी र विनम गुरुङ छन् ।

तपाईको प्रतिक्रिया