दमौलीमा अक्षरयात्रा

समाधान संवाददाता, पोखरा
गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरको नियमित साहित्यिक कार्यक्रम अक्षरयात्राको १ सय ७८ औं शृंखला शनिबार दमौलीमा भएको छ ।
‘जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा’ भन्ने नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार हुने नियमित कार्यक्रम दमौलीमा गरिएको हो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले साहित्य समाजलाई सही बाटोमा हिँड्न मार्गनिर्देश गर्ने बलियो माध्यम भएको बताए ।
समाज र राष्ट्रमा व्याप्त कुसंस्कार, अनियमितता र विसंगतिलाई कलमका माध्यमबाट झक्झकाएर शासक र नीति निर्मातालाई दबाब सिर्जना गर्ने काम साहित्यकारले गर्दै आएको न्यौपानेको भनाइ छ ।
व्यासका अध्येता काशीनाथ न्यौपानेले वेदव्यासको जन्मभूमि दमौली आफैंमा साहित्यका हिसाबले उर्वर भूमि भएको विचार राखे ।
अक्षरयात्रा कार्यक्रमका परिकल्पनाकार प्रकट पंगेनीले साहित्यिक अभियानका रूपमा साहित्यिक पर्यटनको अवधारणाबाट अक्षरयात्रा कार्यक्रम सुरु गरिएको बताए ।
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँ अध्यक्ष सागर उदासले आगामी दिनमा पनि गजल सन्ध्यासँग सहकार्य गरी साहित्यिक गतिविधि अगाडि बढाउने प्रतिबद्धता गरे ।
कार्यक्रममा साहित्यकार सञ्जीव पौडेल, कपिल शर्मा, मोहन क्षेत्री, प्रदीप रोदन, सुदेश सत्याल, आवाज शर्मा, उषाकिरण तिवारी, शिव त्रिपाठी, नारायणी अधिकारी, गौकुमारी न्यौपाने, मन क्षेत्री, प्रमोद थापा, माधव खतिवडा, मैयाँ सुवेदी, दिवाकर भट्टराई, लालमणि पोखरेल, अनिता दाहाल, प्रेम गिरी विशाल, अमृत क्षेत्री, विनोद श्रेष्ठलगायतले रचना वाचन गरेका थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया