सफलका सेयर सदस्यलाई स्वास्थ्य सामग्री

समाधान संवाददाता २०७७ पुष २० गते १२:४६

गण्डकी,रासस

सफल बचत तथा ऋण सहकारी संस्थाले साधारण सभामा सेयर सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

पोखरा महानगरपालिका १७ कार्यालय स्थापना गरी सञ्चालनमा आएको सहकारीको आइतबारदेखि सुरु भएको १३ औं साधारणसभामा सेयर सदस्यलाई कोसेली स्वरुप माक्स र सेनिटाइजर वितरण गरेको हो ।

Advertisement

विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि सरकारले भेला, महोत्सव गर्न गरेको बन्देजका कारण स्वास्थ्य मापदण्ड अपनाएर ४ दिनसम्म साधारण सभा सञ्चालन गरिने कोषाध्यक्ष पवित्रा जिसीले जानकारी दिए ।

सेयर सदस्यलाई महामारीबाट जोगिन सरसफाइमा बढी ध्यान दिनुपर्दछ भन्ने सन्देश दिने उद्देश्यले सरसफाइ सामग्री प्रदान गरिएको उनले बताइन् ।

Advertisement

नेपाल रेडक्रस सोसाइटीले सुरु गरेको रेडक्रस भवन निर्माणका लागि आर्थिक सहयोग तथा सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिने सहकारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया