याेगेश भट्टराईले ओलीकाे तुलना ट्रम्पसँग गरे, भने–संसद ३ महिनामै पुनस्थापित हुन्छ

समाधान संवाददाता, पाेखरा ।
नेकपाका स्थायी कमिटी सदस्य तथा केपी ओली सरकारका पूर्वमन्त्री याेगेश भट्टराईले प्रधानमन्त्री ओलीकाे तुलना अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग गरेका छन् ।
उनले ट्रम्पकाे अराजकताका कारण अहिले अमेरिकामा हिंसा भैरहेकाे छ भन्दै नेपालमा केपीकाे अराजकताले यस्तै भएकाे बताएका हुन् ।
पाेखरामा विहीबार कास्की जिल्लास्तरीय जनवर्गीय संगठनकाे भेलालाई सम्बाेधन गर्दै केपीले देश र पार्टीमा आगाे लगाएकाे बताए । उनले ट्रम्पले जस्तै देशकाे संविधानले गरेकाे व्यवस्था र त्यसै अनुसार भएकाे निर्वाचन परिणाम स्वीकारेका छैनन्, आेलीले पनि त्यही गरेकेा आराेप लगाए ।
उनले विघटिन संसद ३ महिनामा पुनस्थापित हुने दावी गरे ।
०१७ सालकाे विघटन पछि संसद पाउन ३० बर्ष लाग्याे, ०५९ सालमा भंग भएकाे संसद पुनस्थापना हुन ३ बर्ष लाग्याे, भट्टराईले भने– यस पटक ३ महिनामा संसद पुनस्थापित हुन्छ ।
भट्टराईले सर्बाेच्च अदालत र प्रधानन्यायाधिश प्रति भराेषा जताए । तत्कालिन प्रधानन्यायाधिश शुशिला कार्कीलाई न्याय दिने चाेलेन्द्र समशेर जबराले देशका जनतालाई पनि न्याय दिने विश्वास व्यक्त गरे ।
त्यस्तै निर्वाचन आयाेगले पनि पार्टीकाे आधिकारिता र चुनाव चिन्ह आफुहरुकै हुने बताएका थिए ।
भट्टराईले प्रधानमन्त्री ओलीलाई राजा ज्ञानेन्द्रसँग तुलना गर्दै उनी भन्दा पनि कमजाेर अवस्थामा रहेका दावी पनि गरे ।
आधिकारिक पार्टी यही हाे, हामीसंगै हिड्नुस्–उनले भने– पार्टीले घाेषणा गरेकाे सडक आन्दाेलन प्रभावकारी बनाउन सक्दाे प्रयास गर्नुस, यसैमा जनताकाे भलाई हुन्छ देशकाे भलाई हुन्छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया