मुस्ताङ घुम्ने पर्यटक घटे

एसके थकाली, जोमसोम
कोभिड—१९ माहामारीले मुस्ताङ घुम्ने आन्तरिक तथा बाह्य पर्यटन घटेका छन् ।
बर्सेनि आन्तरिक तथा बाह्य पर्यटक आवागमनले गुल्जार हुने मुस्ताङ २०२० मा भने सुनसान रह्यो ।
बर्सेनि ६० हजार विदेशीले मुस्ताङ भ्रमण गर्ने गरेको भए पनि सन् २०२० मा ४ हजार ९ सय ४७ मात्र यहाँ आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार मुस्ताङमा सन् २०१९ को तथ्याङ्क हेर्दा ५२ हजार ६ सय १८ विदेशी पर्यटक कम आएको देखिन्छ ।
एक्याप जोमसोम कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले २०२० को अघिल्ला ३ महिनामा ४ हजार ९ सय ४७ विदेशी यहाँ आएको जानकारी दिए । उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी पनि ६० प्रतिशतले घटेका छन् । ५ हजार विदेशी पर्यटक पुग्ने उपल्लो मुस्ताङमा सन् २०२० का ३ महिनामा ६२ जनामात्र पुगेका छन् ।
उपल्लो मुस्ताङको फरक भूगोल, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रहनसहन अध्ययन र अवलोकन गर्न विदेशी पर्यटकले अध्यागमन विभागमा ५ सय डलर तिर्नुपर्छ ।
पछिल्लो समय म्याग्दी हँुदै मुस्ताङ सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटकको भीड लाग्ने गथ्र्याे । मुक्तिनाथ दर्शन गर्न आउने आन्तरिक पर्यटक उपल्लो मुस्ताङको कोरलानाकासम्म पुग्थे ।
थला परेको पर्यटन सन् २०२१ मा भने लयमा फर्किनेमा मुस्ताङका पर्यटन व्यवसायी आशावादी छन् । होटल ताजकी सञ्चालक तृष्णा गौचन मुक्तिनाथ खुलेसँगै पर्यटक आउनेमा आशावादी छिन् ।
मुस्ताङका होटल व्यवसायी मुक्तिनाथ खुलेपछि होटल बुकिङ सुरु भएको बताउँछन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया