अंकितको ‘१ घण्टामै’ सार्वजनिक

समाधान संवाददाता २०७७ पुष २७ गते १७:०२

समाधान संवाददाता, पोखरा

दाङको तुलसीपुरबाट काठमाडौं आएर संघर्ष गरेका गायक हुन् अंकित न्यौपाने ।

२०६३ सालबाट औपचारिक रुपमा संगीतमा लागेका न्यौपाने चण्डीप्रसाद काफ्लेसँग संगीतको औपचारिक शिक्षा लिइरहेका छन् ।

Advertisement

छैंठौ वर्षको शास्त्रीय संगीत पढिरहेका न्यौपानेका हालसम्म ६० जति गीत सार्वजनिक भएका छन् ।

न्यौपानेले भर्खरमात्रै ‘एक घण्टामै’ सार्वजनिक गरेका छन् । आफ्नै युट्युब लेखन इन्टरटेन्मेन्टबाट गीतको म्युजिक भिडियो उनले सार्वजनिक गरेका हुन् ।

Advertisement

काठमाडौंको गोदावरीमा छायांकन गरिएको गीतमा न्यौपानेसँगै माण्डवी त्रिपाठीको आवाज छ ।

लेखराज गिरीको शब्द र संगीतमा तयार भएको गीतको म्युजिक भिडियो म्युजिक भिडियो निर्देशक गम्भीर बिष्टले तयार गरेका हुन् ।

भिडियोमासुन्दर एसओस र याङ्गशु श्रेष्ठको अभिनय छ । यसअघि मेलोडियस गीतमा आवाज भर्दै आएका न्यौपानेले पछिल्लो समयानुसारको गीत सार्वजनिक गरेको बताएका छन् । उनी भन्छन्, ‘म परिमाणभन्दा पनि गुणस्तरमा विश्वास गर्छु । त्यसैले मेरा गीत सिमित सार्वजनिक भएका छन् ।’

तपाईको प्रतिक्रिया