बार्सिलाेना स्पेनिस सुपर कपकाे फाइनलमा
समाधान संवाददाता
२०७७ माघ १ गते ७:०३

एजेन्सी
बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा पराजित गरेर बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो।
अतिरिक्त समयको खेलमा पनि १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। एन्टोनी ग्रिजम्यान र फ्रेन्की डी जोङ्गले पेनाल्टीमा गोल गर्न नसकेपछि रिक्यू पुइगले बार्सिलोनाका लागि विजयी गोल गरेका हुन्।
सुपरकपको साबिक विजेता रियल मड्रिडले दोस्रो सेमिफाइनलमा एथ्लेटिको बिल्बाओसँग खेल्नेछ। सो खेलको विजेताले उपाधिका लागि बार्सिलोनासँग प्रतिस्पर्धा गर्ने छ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया