प्रधानसम्पादक ज्ञवाली सम्मानित, पुरस्कार वापत पाएको रकम छात्रवृत्ति कोषलाई

समाधान संवाददाता २०७७ माघ २ गते १७:४७

समाधान संवाददाता, पोखरा

समाधान राष्ट्रिय दैनिक एवं समाधानन्यूज अनलाईनका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली दयाशंखर पालिखे स्मृति पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले वितरण गर्ने सो पुरस्कार शुक्रबार आयोजित पत्रकार महासंघ कास्की शाखाको १५ औं वार्षिक साधारण सभामा प्रदान गरिएको हो ।

Advertisement

प्रजातनन्त्रका सेनानी स्वर्गीय दयाशंखर पालिखेको स्मृतिमा उहाँका परिवारबाट स्थापना गरिएको सो पुरस्कार पत्रकार महासंघ कास्कीले हरेक बर्ष प्रदान गर्दै आएको छ ।

५५ हजार पाँच सय ५५ रुपैया नगद राशीको सो पुरस्कार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको हातबाट प्रदान गरिएको हो ।

Advertisement

सम्मानित प्रधान सम्पादक ज्ञवालीले पुरस्कार स्वरुप पाएको नगद राशी आफ्नै बुबा दधिराम ज्ञवालीले स्थापना गरेको छात्रवृत्ति कोषमा दान गरेका छन् ।

उनका बुबाले गुल्मी जिल्लाको रुरु गाउपालिका वडा नम्बर ४ माझगाँउको लक्ष्मी प्राथमिक विद्यालयमा ३४ बर्ष अध्यापन गरेका थिए । प्रधान सम्पादक ज्ञवालीले पनि प्रारम्भिक शिक्षा सोही विद्यालयबाट लिएका थिए ।

‘मेरो बुबाले तीन दशक भन्दा लामो समयसम्म पढाएको त्यो गाउ अहिले पनि पिछडिएको छ, निकै गरिब बस्ती छ ।’ सम्मान समारोहमा बोल्दै ज्ञवालीले भने, ‘त्यसैले त्यहाँका विपन्न परिवारका बच्चालाई निशुल्क शिक्षा दिन सकियोस भनेर बुबाले छात्रवृत्ति कोष स्थापना गर्नु भएको छ । यो पुरस्कारको राशी सोही कोषमा दान गर्ने घोषणा गर्दछु ।’

तपाईको प्रतिक्रिया