प्रदेश सांसद मनाङे वामदेवतिर, भन्छन्–पार्टी मिलाउने प्रयास गर्छु

समाधान संवाददाता, पोखरा ।
गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङ्गे विभाजनको स्थितिमा पुगेको सत्तारुढ दल नेकपा (नेकपा)को कुनै पनि गुटमा नलाग्ने भएका छन् । उनी नेकपा कै नेता वामदेव गौतमले थालनी गरेको राष्ट्रिय एकता अभियानको केन्द्रिय सदस्य बनेका छन् ।
मनाङ ख बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेद्वार बनेर विजयी भएका दीपक मनाङले पछिल्लो समयमा नेकपामा प्रवेश गरेका थिए । उनी सदनमा सत्तारुढ दलकै सदस्यको रो मा बस्दै आएका थिए ।
शुक्रबार साँझ समाधानसँग टेलिफोनमा कुरा गर्दै सांसद मनाङेले आफु पार्टी विभाजनको पक्षमा नभएको बताए । ‘यो विभाजनले कसैलाई फाइदा गर्दैन, त्यसैले पार्टी एक बनाउन प्रयास गर्दैछु ।’ उनले भने ।
नेकपाका नेता वामदेव गौतम आफैले फोन गरेर सांसद मनाङेलाई पार्टी एकताको राष्ट्रिय अभियानमा लाग्न आग्रह गरेका थिए । ‘आज विहान नेताजीले फोन गर्नु भयो र पार्टी एकताको राष्ट्रिय अभियानमा जोडिन आग्रह गर्नुभयो ।’ सांसद मनाङेले समाधानसंग भने, ‘मलाई पनि नेताजीको यो कुरा सारै चित्त बुझ्यो, हुन्छ भनिदिए ।’
नेताहरु नीतिका लागि भन्दा पनि स्वार्थका लागि फुटेकाले उनीलाई स्वार्थ त्यागेर देश निर्माणमा लाग्न दवाव दिने योजना पनि मनाङेले सुनाए । ‘हेर्नुस न, कुर्सीको बाहेक अरु केही झगडा हो र उहाँहरुको ?’ उनले भने, ‘यस्तो सानो कुरामा पार्र्टी फुटाउनु हुन्न के ।’
वामदेव गौतमको निकटस्थ श्रोतका अनुसार दीपक मनाङेलाई पार्टी एकता राष्ट्रिय अभियानको केन्द्रिय सदस्य मै मनोनयन गरिएको छ ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया