जो बाइडेनले लिए ४६ औं अमेरिकी राष्ट्रपतिको सपथ

समाधान संवाददाता २०७७ माघ ७ गते २३:१०

एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । संसद् भवन (क्यापिटोल हिल) मा उनले पदको सपथ लिएका हुन् ।

७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए ।

Advertisement

कमला ह्यारिसले पनि लिइन् सपथ

समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन् ।

Advertisement

जमैकन बाबु भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् ।

उनी अफ्रिकी–अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एशियाली– अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति हुन् ।

तपाईको प्रतिक्रिया