व्यावसायीलाई कर प्रशिक्षण

समाधान संवाददाता, पोखरा
नेपाल चेम्बर अफ कमर्सको ७०औं वर्ष प्रवेश तथा पोखरा चेम्बर अफ कमर्स कास्कीको दोस्रो वर्ष प्रवेशको अवसरमा युथ चेम्बर अफ कमर्स कास्कीले व्यावसायीलाई करका बारेमा प्रशिक्षण दिएको छ ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेलले सबै उद्योगी, व्यावसायीलाई करको दायरा ल्याउन नसकेको बताए । उनले विदेशमा जस्तो धेरै कर तिर्दा गौरव गर्ने वातावरण नभएको बताए ।
पोखरेलले व्यावसायीले कारोबारको सबै अभिलेख चुस्त, दुरुस्त रुपमा राख्नुपर्ने सुझाव दिए । ‘अनौपचारिक कारोबार जति कम हुन्छ, त्यतिनै बढी उद्योगी, व्यावसायी सुरक्षित हुनुहुन्छ,’कार्यालय प्रमुख पोखरेलले भने, ‘कारोबार जति बढी सत्य नजिक गर्दछौं, त्यतिनै जोखिम कम हुन्छ ।’
उनले व्यावसायीको सानो तिनो गल्तीले करको दायित्व बढ्न सक्ने संकेत गरे । कार्यालय प्रमुख पोखरेलले जरिवाना गरेर राजस्व बढाउने लक्ष्य नभएको बताए ।
नेपालमा स्वयंले कर निर्धारण प्रणाली भएकाले करदाता पहिलो कर अधिकृत भएको उनले उल्लेख गरे । उनले कर प्रशासन कर करले भन्दा पनि रहरले तिर्ने वातावरण सिर्जना गर्ने पक्षमा रहेको दाबी गरे ।
नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका अध्यक्ष यदुनाथ अधिकारीले कर राज्यका धेरै निकायमा बुझाउनुभन्दा पनि एकद्वार प्रणालीबाट तिर्ने व्यवस्था गर्न माग गरे ।
उद्योगी, व्यवसायीले कर तिरेपछि राज्यको व्यावसाय साझेदार भएको उल्लेख गर्दै उनले कर तिरेपछि गौरव र सम्मानित भएको महसुस गर्न नसकिएको टिप्पणी गरे ।
पोखरा चेम्बर अफ कमर्स पोखरा अध्यक्ष किशान सुनारले व्यावसायीका हक, अधिकारका अलवा ३ तहका सरकारलाई नीति निर्माणमा सहजीकरण गरेको बताए । उनले युवाको उद्यमशीलता, सीप तथा नेतृत्व विकासमा चेम्बरले ध्यान दिने घोषणा गरे । उनले इकाइ तथा गाउँपालिकासम्म युवा चेम्बर विस्तार गर्ने जानकारी दिए ।
कार्यक्रममा लेखा परीक्षक नारायणप्रसाद उपाध्यायले राजस्व संकलन र कर प्रणालीका बारेमा सहजीकरण गरेका थिए । उनले उद्योगी, व्यावसायीले लगानी र रोजगारी सिर्जना गरेको बताए । उनले व्यावसायीले व्यवसाय र सेवासमेत गरी मिश्रित कर तिर्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका महासचिव राजु श्रेष्ठ, युथ चेम्बर अफ कमर्स कास्की अध्यक्ष पूर्णकुमार श्रेष्ठ, सचिव नवीन श्रेष्ठ, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सुमन गुरुङ लगायतले बोलेका थिए ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया