स्वास्थ्य महामारी व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

समाधान संवाददाता २०७७ माघ ७ गते ०:२६

समाधान संवाददाता, पोखरा

महामारी जुनसुकैबेला आउन सक्छ । त्यसका लागि तयारी भने पहिल्यैदेखि गर्नुपर्ने हुन्छ । भविष्यमा आउन सक्ने कोभिड १९ जस्तै अन्य महामारीसँग कसरी जुध्ने ?

यही विषयमा पोखरामा मंगलबार स्वास्थ्य महामारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

Advertisement

चौधरी फाउण्डेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको कार्यक्रममा कास्कीका ५ वटै पालिकाका स्वास्थ्यकर्मी सहभागी थिए ।

सहभागीलाई महामारी नियन्त्रणमा कसरी लाग्ने भन्ने सिकाइएको थियो । नबिल बैंक र सरकारी निकायका विज्ञहरुले कार्यक्रममा सहजीकरण गरेका थिए ।

Advertisement

महामारीका समयमा अपनाउन पर्ने दीर्घकालिन रणनिति तय गर्न कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै चौधरी ग्रुपका एमडी निर्वाण चौधरीले नेपालमा महामारी नियन्त्रणका लागि चोधरी फाउण्डेशनले सरकार र निजी क्षेत्रसँग हातेमालो गरेर स्वास्थ्य सचेतनाका कार्यक्रम गर्दै आएको बताए।

कोरोना महामारीमा चौधरी फाउण्डेशनले सरकार स्वास्थ्य क्षेत्रका निकायलाई पिपिइ, मास्क, भेन्टिलेटर उपकरण उपलब्ध गराएर प्रदेशहरुलाई बलियो बनाएको स्मरण गरे । आगामी दिनमा महामारी नियन्त्रण गर्न सिजी फाउण्डेसन लागि रहने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया