पोखरामा गोली चलेको छैन

समाधान संवाददाता २०७७ माघ २३ गते २२:३३

समाधान संवाददाता, पोखरा

पोखरामा गोली चलेको भनिएकोमा त्यो हल्ला मात्रै भएको पाइएको छ ।

शुक्रबार साँझ ७ बजे पोखरा महानगरपालिका १७ महतगौंडामा आफुमाथि गोली प्रहार भएको भन्दै २७ वर्षका मनोज विक वडा प्रहरी कार्यालय बैदाम पुगेका थिए ।

Advertisement

उनको शरीरको सिटी स्क्यान गर्दा गोली नभई धारिलो वस्तुले प्रहार गरेको पाइएको गण्डकी मेडिकल कलेजका डा. केशव शर्माले जानकारी दिए । घाइतेको पेटमा भने चोट देखिएको छ । धारिलो वस्तुले घाइते विकको ठूलो आन्द्रालाई छोएकाले त्यहाँ घाउ देखिएको डाक्टर शर्माले समाधानलाई जानकारी दिए ।

कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले पनि गोली चलेको भन्नेमा कुनै सत्यता नरहेको बताए । डिएसपी हमाल आफैं बेलुकी १०:०५ मा अस्पताल पुगेका थिए ।

Advertisement

घाइते विकको अवस्था सामान्य रहेकाले वार्डमा सारिएको छ । उनीमाथि कसले धारिलो हतियार प्रहार गर्यो भन्ने खोजी भइरहेको डिएसपी हमालले बताए ।

तपाईको प्रतिक्रिया