माउन्ट केटु आरोहीलाई पोखरामा नागरिक अभिनन्दन गरिने

समाधान संवाददाता, पोखरा
पोखरा पर्यटन परिषद्ले पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो माउन्ट के२(८६११मिटर) हिमाल सफल आरोहण गर्ने नेपाली टोलीलाई नागरिक सम्मान तथा अभिनन्दन गर्ने भएको छ ।
पोखराका पर्यटनसँग सम्बन्धित संघ, संस्थाको सहकार्यमा धम्पुस पिक (थापा पिक ६०१२मिटर)को सफल आरोहण गर्ने टोलीलाई समेत अभिनन्दन गर्ने परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए ।
उनले दुबै टोलीलाई माघ २६ गते सोमबार पोखरा विमाननस्थलमास्वागत गरी बाजागाजासहित नगर परिक्रमा गराइने बताए । आरोही दलका सदस्यलाई पृथ्वीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, न्युरोड, जिरोकिमी हँुदै बजार घुमाएर लेकसाइडमा समारोह गर्ने तयारी छ ।
परिषद्का महासचिव रामचन्द्र शर्माका अनुसार निर्मल पुर्जाको आरोहण दलमा रहेका मिङमाडेविट शेर्पा, मिङमातेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेमचिरी शेर्पा दाबातेम्बा शेर्पाले गत माघ २ गते केटु हिमाल आरोहण गरेका थिए । अर्को आरोहण दलमा मिङमाजी शेर्पा, दाबातेन्जिङ शेर्पा र किलुपेम्बा शेर्पा छन् । सेभेन समिटमा सोना शेर्पाले केटु हिमालको सफल आरोहण गरेका थिए ।
नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजनामा गत माघ ३ गते गण्डकी प्रदेशका टासीपासाङ गुरुङ, मन गुरुङ, सनकुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदीप गौतम र हिराकुमारी मल्लले धम्पुस पिक सफल आरोहण गरेको महासचिव शर्माले जानकारी दिए ।
अध्यक्ष भट्टराइले नेपाली आरोहीले पहिलो पटक हिउँद याममा केटु हिमाल आरोहण गरी इतिहास रच्न सफल भएको जानकारी दिए । ‘८ हजारभन्दा माथिका हिमालमध्ये केटु हिमालमात्र हिउँदमा आरोहण हुन सकेको थिएन,’ अध्यक्ष भट्टराइले भने, ‘त्यस महान कार्यले विश्वमा नै नेपाल र नेपालीको वीरतालाई सधै र सदाको लागि अविश्मरणीय बनाएको छ ।’
उनले केटु हिमाल आरोहण दलमा वल्र्ड रेकर्ड अफ गिनिज बुकमा नाम लेखाउन सफल आरोहीसमेत रहेको जानकारी दिए । उनले ख्याति प्राप्त आरोहीको अभिनन्दनले पर्वतीय पर्यटन क्षेत्रका लागि दीर्घकालीन फाइदा पुग्ने विचार राखे ।
पोखरा पर्यटन परिषद् उपाध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीलेहिमाल आरोहीलाई प्रोत्साहन गरेर पर्वतीय पर्यटन र हिमाल आरोहणको क्षेत्रमा जागरण ल्याउने उल्लेख गरे ।
ट्रेकिङ एजेन्सिज एसोसियसन पश्चिमाञ्चल अध्यक्ष तथा कार्यक्रम संयोजक सुशील पौडेलले केटु हिमालको आरोहीदललाई पाकिस्तान र नेपाल सरकारले राष्ट्रिय सम्मान गरिसकेको बताए । सन १९५०देखि माउन्ट अन्नपूर्णको हिमाल आरोहणको ७० वर्षको पूरा भएको उल्लेख गर्दै उनले पर्यटन व्यवसायीको प्रयासले पर्वतीय पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने दाबी गरे ।
नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश अध्यक्ष तथा कार्यक्रमका सहसंयोजक शेषकान्त शर्माले हिमाल आरोहण गर्दा पहिला सुरक्षा र स्वास्थ्यलाई ध्यान दिनुपर्ने बताए ।
हिउँदमा हावाको गति बढी र व्यवस्थापनमा कठिनाइ हुने भएकाले हिमाल आरोहण बढी चुनौतीपूर्ण भएको उल्लेख गर्दै प्रदेशका हिमालको प्रोफाइल तयार नभएको जानकारी दिए ।
उनले प्रदेशका ६ हजारभन्दा उचाइका हिमालको बजारीकरण गर्नुपर्ने सुझाव दिए । उनले हिमाल आरोहणको अनुमति, अभ्यास प्रशिक्षण लगायतका गतिविधि बढाउनुपर्ने समेत औंल्याए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया