लाइसेन्स निकाल्दिन्छु भन्दै ठग्ने खगेन्द्र पक्राउ

समाधान संवाददाता २०७७ माघ २५ गते २१:३१

समाधान संवाददाता, पोखरा

सवारी चालक अनुमति पत्र (लाइसेन्स) सजिलै निकालिदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन् ।

लाइसेन्स मिलाइदिन्छु भनी विभिन्न व्यक्तिबाट रकम संकलन गरेको आरोपमा स्याङ्जा स्थायी घर भएर पोखरा १४ चाउथे बस्ने खगेन्द्रप्रसाद काफ्ले पक्राउ परेका हुन् । खगेन्द्र मेट्रो ड्राइभिङ स्कुल एन्ड प्रि टेस्ट सेन्टरका सञ्चालक हुन् ।

Advertisement

‘मेरो यातायात कार्यालयको कर्मचारीसँग चिनजान छ, लाइसन्स टेस्ट फेल भए पनि पास गराइदिन्छु,’ भन्दै काफ्लेले ठगी गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीकहाँ उजुरी परेपछि काफ्लेलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अमरसिंहचोकबाट पक्राउ गरेको हो ।

उनको साथबाट विभिन्न कागजपत्र, लाइसेन्स ३ थान र नमुना प्रश्नपत्रसँगै ८९ हजार ६ सय २० रुपैयाँ फेला परेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए । काफ्लेलाई ठगीसम्बन्धी कसुर अन्तर्गत १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया