कालिगण्डकीको स्टिमरमा प्रेस संगठनको भेला

समाधान संवाददाता २०७७ फागुन १० गते १०:००

समाधान संवाददाता, वालिङ

प्रेस संगठन नेपाल स्याङ्जा शाखाले जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम कालीगण्डकी गाउँपालिकाको धार्मिक तथा पर्यटकीय स्थलमा गरेको छ ।

लामो समयको कोरोना महामारीको कारण थलिएको पर्यटन व्यवसाय विस्तारै उकासिँदै जाँदा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले जल यातायात (स्टिमर) मा भेलाको आयोजना गरिएको हो ।

Advertisement

प्रेस जगतमा देखिएका समस्या र पछिल्लो राजनीतिक घटनाक्रमले सञ्चार क्षेत्रमा पारेको असरको विषयमा छलफल गरिएको संगठनका संयोजक मुक्तिप्रसाद न्यौपानेले बताए ।

शनिबार कार्यक्रम उद्घाटन गर्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पत्रकारहरु समाज परिवर्तनका संवाहक भएको बताए । उनले भने, ‘पत्रकारले सम्प्रेषण गरेको एउटामात्रै समाचारले सत्ता परिवर्तन गर्नसक्छ । त्यसैले सञ्चार माध्यम राज्यको महत्वपूर्ण अंग हो ।’

Advertisement

समाचारको माध्यमबाट समाजका गतिविधि जनसमक्ष पुग्ने भएकाले समाजमा भएका कमी कमजोरीहरुलाई औंल्याउँदै राम्रा र सकारात्मक कुराहरुलाई सम्प्रेषण गर्न अध्यक्ष थापाले आग्रह गरे ।

भेलामा जिल्ला भरिका १८ जना क्रियाशील सञ्चारकर्मीको सहभागिता थियो ।

भेला तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितका उपाध्यक्ष दिलीपकुमार बगाले, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पारस गैह्रे, नेपाल कम्युनिस्ट पार्टी नेकपा वालिङ नगर कमिटी संयोजक राजेन्द्र डुमे्र लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया