लेकसिटी कलेजका विद्यार्थीको सामाजिक कार्य

समाधान संवाददाता २०७७ फागुन १० गते १४:५३

५४ युनिट रगत संकलन


समाधान संवाददाता


लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर गैरापाटन पोखरामा सामाजिक कार्य विषय पढ्ने विद्यार्थीले सोमबार आयोजना गरेको कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । सामाजिक कार्य दिवसको पूर्वसन्ध्यामा उक्त विषय पढिरहेका स्नातक तहको पहिलो वर्षका विद्यार्थीले महेन्द्रपुलमा कार्यक्रम आयोजना गरेका थिए ।


कार्यक्रम संयोजक कृष्णकला पोखरेलका अनुसार विद्यार्थी, अभिभावक, शिक्षक र सर्वसाधारण समेतले रक्तदान गरेका थिए । सोसल वर्क (सामाजिक कार्य) विषय पढिरहेको हुँदा त्यसको प्रयोगात्मक अभ्यास स्वरुप रक्तदान कार्यक्रम आयोजना गरेको विद्यार्थी सन्तोष सुनारले जानकारी दिए ।

Advertisement

कार्यक्रममा कलेजका अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाले यस्ता कार्यक्रमबाट सामाजिक कार्यमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । क्षेत्रीय रक्त सञ्चार प्रमुख अर्जुन ज्ञवालीले रगत अभावमा अकालमै ज्यान गुमाउनुपर्ने परिस्थितिको अन्त्य गर्न रक्तदानले ठूलो टेवा पुग्ने बताए । विद्यार्थी कृष्णकला पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्वस्तिका सुवेदीले र सञ्चालन सन्तोष सुनार, आशिका रानाभाट, पूजा अधिकारी र प्रतिमा पौडेल लगायत विद्यार्थीले गरेका थिए ।

सामाजिक कार्य विषय पढाइ हुने लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर पोखरामा एकमात्र कलेज हो । त्यसका अलावा लेकसिटीमा पत्रकारिता, अंग्रेजी साहित्य र वाणिज्य संकायतर्फको पनि पढाइ हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया