मन्त्रिपरिषद् बैठक बस्दै, विप्लव माथिकाे प्रतिबन्ध फुकुवा हुन सक्ने

समाधान संवाददाता २०७७ फागुन ११ गते ११:०७

समाधान संवाददाता, पाेखरा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद् अघि अहिले सुरक्षा परिषद्काे बैठक बसिरहेकेा छ ।

मन्त्रिपरिषद् बैठक बिहान १० बजेका लागि बैठक बोलाइएकोमा त्यसअघि सुरक्षा परिषद्‍को बैठक बस्ने भएकाले सरेकाे छ ।

Advertisement

सुरक्षा परिषद् बैठक शुरू हुन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

सुरक्षा परिषद्को बैठक र मन्त्रिपरिषद् बैठक सँगै बोलाइएकोले पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न निर्वाचनको सुरक्षासम्मका केही छलफल हुने बताइएको छ ।

Advertisement

श्राेतका अनुसार मन्त्रिपरिषद् सुरक्षा परिषद बैठकमा मुख्य रुपमा नेकपा विप्लब समुह माथिकाे प्रतिबन्ध फुकुवाकाे बारेमा छलफल हुँदैछ ।

सुरक्षा परिषदलाइ जानकारी गराएर प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिन लागेका हुन् ।

तपाईको प्रतिक्रिया