तानाशाह टिक्दैनन् भन्ने पुष्टि भयो – हरिशरण आचार्य

हरिशरण आचार्य
प्रदेश सांसद, जसपा
प्रधानमन्त्री केपी ओलीले पुस ५ मा गरेको ‘कू’ लाई सर्वोच्च अदालतले खारेज गरेर संसद पुनर्स्थापना गर्नु स्वागतयोग्य छ । सर्वोच्चको यो फैसलाले न्यायालय न्यायको प्रतिमूर्ति हो भन्ने चरितार्थ भएको छ । यो आदेश नेपाली जनता, राष्ट्र, हिजोको बलिदानका लागि हर्षको विषय हो ।
सर्वोच्चको आदेशले न्याय सत्यको पक्षमा छ भन्ने चरितार्थ गरेको छ । त्यस्तै नेपालमा सत्य कहिल्यै मर्दैन र कुनै पनि तानाशाह न हिजो टिके, न भोलि टिक्छन् भन्ने यो फैसलाले पुष्टि गरेको छ ।
अब अग्रगामीले परिवर्तनको नयाँ बाटो कसरी संस्थागत गर्ने र प्रतिगामी शक्तिलाई कसरी पाखा लगाउँदै नेपाललाई फेरि कसरी बढाउने भन्ने चुनौती सामना गर्नुपर्छ ।
प्रधानमन्त्री र राष्ट्रपतिको कदम प्रतिगामी र गैरसंवैधानिक थियो भन्ने कुरा आज सर्वोच्चले गर्यो । उहाँहरु कानुन र सत्यलाई मान्न तयार हुनुहुन्छ भने नैतिकताको धरातलमा हुनुहुन्छ भने तुरुन्त राजीनामा दिनुपर्छ । ‘कू’ गर्नेलाई १ मिनेट पनि कुर्सीमा बस्ने नैतिक धरातल बाँकी छैन ।
समाधानसँगको कुराकानीमा आधारित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया