नेकपा ओली समुहले सर्बाेच्चकाे फैसलाकाे सम्मान गर्ने, ताेकिएकै समयभित्र संसद अधिवेशन

समाधान संवाददाता, काठमाण्डाैं ।
नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले सर्बाेच्च अदालतले गरेकेा निर्णयकाे सम्मान गर्दै पालना गर्ने निर्णय गरेकाे छ ।
बुधबार राजधानीमा सम्पन स्थायी समिति बैठकले यस्ताे निर्णय गरेकाे हाे । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अदालतकाे फेसलाकाे सम्मान गर्ने सहित ४ वटा निर्णय गरेको पार्टी प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
‘कतिपय फैसलाहरू अपेक्षित हुँदैनन्। तिनका परिणाम पनि राम्रा हुँदैनन्। सर्वोच्चको हिजोको फैसलाबारे पनि हाम्रा केही गम्भीर प्रश्नहरू छन्,’ ज्ञवालीले स्थायी कमिटीकाे बैठक लगत्तै सञ्चारकर्मीसंग भने ,‘तर सर्वोच्चको फैसलालाई हामी सम्मान गर्छौं। ‘
बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने थप २ वटा निर्णय गरेकेा जानकारी पनि उनले दिए ।
त्यस्तै चाैथाे निर्णयमा देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने भएकाे छ ।
बैठकले संसदकाे अधिवेशन अदालतले भने अनुसार नै आब्हान गरिने समेत ज्ञवालीले बताए ।
संसद विघटन बदर भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ कि हुन्न भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले राजीनामा दिनेमात्र भन्दा पनि राजीनामा दिइसकेपछि अवस्था मूल्यांकन गरेर आवश्यक निर्णय गरिने बताए।
‘प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन्। तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,’ ज्ञवालीले भने,‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं।’
उनले अझै पनि प्रचण्ड-नेपाल समूहसँग एकता गरेर अगाडि बढ्न सकिने भए पनि त्यसका लागि सही विचार र नेतृत्व हुनु पर्ने बताए।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया