प्रचण्ड–नेपाल समुहसँग मिलेर जान सकिन्छ–प्रदिप ज्ञवाली

समाधान संवाददाता, काठमाण्डाैं ।
नेकपा ओली समुहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अझै पनि प्रचण्ड माधव नेपाल समुहसंग मिलेर अगाडी जान सकिने बताएका छन् ।
काठमाण्डाैंमा सम्पन्न स्थायी कमिटीकाे बैठक लगत्तै पत्रकारहरुसंग बाेल्दै नेता ज्ञवालीले पछिल्लाे परिस्थिति बारेमा राजनैतिक दलहरुसंग छलफल गर्ने निर्णय भएकाे जानकारी दिए ।
उनले अझै पनि प्रचण्ड-नेपाल समूहसँग एकता गरेर अगाडि बढ्न सकिने भए पनि त्यसका लागि सही विचार र नेतृत्व हुनु पर्ने बताए। यस बारेमा उनले थप कुरा नराखेपनि राजनैतिक वृत्तमा याे प्रस्तावले तरंग ल्याएकाे छ ।
संसद विघटन बदर भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ कि हुन्न भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले राजीनामा दिनेमात्र भन्दा पनि राजीनामा दिइसकेपछि अवस्था मूल्यांकन गरेर आवश्यक निर्णय गरिने बताए।
‘प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन्। तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,’ ज्ञवालीले भने,‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं।’









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया