ढलाेटमा गोरखनाथ बाबाको मूर्ति चोरी

समाधान संवाददाता २०७५ फागुन १२ गते १५:११

रासस, काठमाडौँ

काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हंसमण्डपस्थित खुला चौरबाट गए राति ढलोटमा पित्तलको जलप लगाइएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ । 

करीब ३.५ फिट अग्लो र ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ओम सेना नेपालको कार्यालय सोह्रखुट्टेमा रहेको उक्त मूर्ति सोही संस्थाबाट शिवरात्रि मेलाका लागि पशुपति मन्दिर हंसमण्डप लगिएको थियो । 

Advertisement

शिवरात्रि मेलामा आउने बाबाहरुले मूर्ति लगेर राखेकामा राति उक्त स्थानबाट मूर्ति चोरी भएको र चोरीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

Advertisement

तपाईको प्रतिक्रिया