मित्रमिलन सहकारीको क्युआर कोड सेवा

समाधान संवाददाता २०७७ फागुन १९ गते १२:१२

समाधान संवाददाता, पोखरा

मित्र मिलन सहकारीले क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । क्युआर कोड सञ्चालन गर्ने पोखरामा मित्र मिलन पहिलो सहकारी भएको छ ।

पोखरा ९ नयाँबजारमा प्रधान कार्यालय रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले इन्फोडेभलपर्स प्रालिसँगको सहकार्यमा सदस्यहरुलाई क्युआर कोड सुविधा सुचारु गरेको हो ।

Advertisement

इन्फोडेभलपर्स प्रालि पोखरा शाखाका प्रमुख सुवास आचार्यले संस्थाका अध्यक्ष रमण पौडेललाई क्युआर कोड हस्तान्तरण गरी सेवा सञ्चालन सुरु भएको छ ।

सहकारी क्षेत्रमा विभिन्न नवीनतम प्रविधि भिœयाएको इन्फोडेभलपर्स प्रालिका शाखा प्रमुख आचार्यले सहकारले सुरु गरेको क्युआर कोड यस क्षेत्रको लागि नयाँ प्रविधि भएको र सहकारीलाई नगद रहित कारोबार गर्नको लागी कोसेढुंगा सावित हुने बताए ।

Advertisement

इसेवाका पोखरा शाखा प्रमुख विनोद बोहोराले फोनपे क्युआर मार्फत मित्र मिलन सहकारीका ३५०० सदस्यले यो सुविधा लिन सक्ने बताए ।

सहकारीले सुरु गरेको प्रविधिमैत्री क्युआर कोड सेवाले सहकारीका सेवाग्राहीलाई नगद झिक्न चेक र एटिएम कार्ड बोक्ने झण्झटबाट मुक्ति दिने सहकारीका उपाध्यक्ष विजय लम्सालले बताए ।

उपाध्यक्ष लम्सालले क्युआर कोड सेवा छिटो,सजिलो,सरल र सुलभ भएकाले सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरे ।

प्रविधि मैत्री र नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्येश्यले यो सुविधा प्रदान गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बताए ।

अधिकारीलेसहकारीबाट छिटै ई टेलर सुविधा पनि प्रदान गर्ने तथा निकट भविष्यमै नयाँ नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सहकारीलाई अघि बढाउने उल्लेख गरे ।

क्युआर कोड सुविधा प्रदान गरेपछि सहकारी संस्थाका सदस्यहरुले नेपालभरका जुनसुकै फोनपे क्युआरमा सहकारीको मोबाइल एपमार्फत भुक्तानी लिन दिन सक्नेछन् ।

यसअघिनै सहकारी संस्थाले निशुल्क रुपमा सदस्यहरुलाई मोवाईल एप मार्फत् बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, इन्सुरेन्सको बिल भुक्तानी गर्ने, मोबाइलमा ब्यालेन्स रिचार्ज गर्ने, रकम राखेको झिकेको जानकारी पाउने सेवा दिँदै आएको थियो ।

स्टेटमेन्ट हेर्ने, ब्यालेन्स हेर्ने, चेक अनुरोध तथा रद्य गर्ने, सहकारीको खाताबाट जुनसुकै बैंकमा रकम टान्सफर गर्ने, इसेवा, खल्ती वालेटमा लोड गर्न मिल्ने, हवाई टिकट बुक गर्न मिल्ने, संस्थाको बारेमा सूचना जानकारी प्राप्त गर्ने साथै संस्थालाई सल्लाह सुझाव एवं प्रतिक्रिया दिन सकिने सुविधा प्रदान गर्दै आईरहेको थियो ।

तपाईको प्रतिक्रिया