सुनचाँदी व्यवसायी महासंघको वार्षिकोत्सव

सन्तोष र जूना मनोनीत
पोखरा, २१ फागुन
नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीले छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघको ८ औं वार्षिकोत्सव बिहीबार मनाएको छ । त्यस अवसरमा महासंघले सम्मान तथा छलफल कार्यक्रम गर्यो ।
त्यस अवसरमा महासंघका निवर्तमान अध्यक्ष मोहनकुमार सुनारलाई व्यवसायीका समसामयिक समस्याका बारेमा तारा गौतम, युवराज राजभण्डारी, देवबहादुर विश्वकर्मा, विनोदकुमार विक, सन्तोष सुनार र दुर्गा सुनारले अवगत गराएका थिए ।
महासंघ र जिल्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस अवसरमा सम्मान गरिएको थियो । यसैबीच महासंघको गण्डकी प्रदेश कार्यसमिति सदस्यमा सन्तोष सुनार र जूना सुनारलाई मनोनीत गरिएको छ । उनीहरु दुवैजना कास्कीका व्यवसायी हुन् ।
त्यसैगरी कास्कीकै हरि धमला, विमलमान गुभाजु र लोकेश सुनार तथा म्याग्दीका कमल विश्वकर्मा र लमजुङका बमबहादुर विश्वकर्मा आमन्त्रित सदस्य मनोनीत भएका छन् । सुनचाँदी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष चन्द्रकिशोर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष निर्मल विश्वकर्मा र दुर्गाबहादुर सुनार, महासंघका सचिव तथा गण्डकीका सल्लाहकार केशबहादुर सुनार, महासंघ गण्डकीका उपसभापति जीवनकुमार सुनार र सचिव बाबुराम सुनार लगायतले बोलेका थिए ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया