मिया सान मिया बन्यो च्याम्पियन

समाधान संवाददाता, पोखरा
बगर भाइ खलकद्वारा आयोजित चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइ खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको आइ वोस मिया सान मियाले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा मिया सान मियाले डिफेन्डिङ च्याम्पियन टि वर्गर ललितपुरलाई ४–१ ले पराजित ग¥यो । उपाधिसँगै मिया साान मियाले रनिङ सिल्डसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ भने उपविजेता टि वर्गरले नगद ५५ हजार ५ सय ५५ का साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
दुवै टिमबाट सहभागी रहेका पूर्व राष्ट्रिय खेलाडीको खेलमा पहिलो गोलको खाता खेलको १६ औैं मिनेटमा मिया सान मियाकाको तर्फबाट नवीन पाण्डेले खोलेका थिए । निर्धारित २५–२५ मिनेटको खेलमा नवीन न्यौपानेले टिमका लागि २० औं मिनेटमा दोस्रो गोल थप्दा टि वर्गर करिब–करिब उपाधि होडबाट बाहिरिन पुगेको थियो ।
नवीन न्यौपानेले नै खेलको दोस्रो हाफको ३४ औं मिनेटमा मिया सान मियाका लागि तेस्रो गोल थपे । न्यौपाने फाइनल खेलको म्यान अफ दि म्याचसमेत भए ।
यता, ३–० ले पछि परेको टि वर्गरलाई खेलमा फर्काउने प्रयास गर्दै नरेन्द्र लिम्बूले १ गोल फर्काए । खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा नवीन पाण्डेले टिमका लागि चौथो गोल गर्दै उपाधि पक्का गरेका थिए ।
फागुन २४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा टि वर्गरका नरेन्द्र लिम्बु उत्कृष्ट खेलाडी हुँदै नगद १० हजारका साथमा ट्रफी हात पारे । उत्कृष्ट मिडफिल्डर मिया सान मियाका राजेश खड्की, उत्कृष्ट गोल रक्षकमा मिया सान मियाका सञ्जीव खड्की, उत्कृष्ट फरवार्डमा मिया सान मियाका नवीन न्यौपाने, उत्कृष्ट डिफेन्डरमा टि वर्गरका नरेश थापा चुनिए । उत्कृष्ट हुने सबै विद्यागत खेलाडीले जनही नगद ५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र पाए ।
पुरस्कार कल्याणकारी काममा
उपाधि विजेता मिया सान मिया र उपविजेता टि वर्गरले पुरस्कार रकम कल्याणकारी कामका लागि हस्तान्तरण गरेका छन । मिया सान मियाले आफ्ना टिमका खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपानेकी क्यान्सर पीडित आमाको उपचारका लागि रकम हस्तान्तरण गरेको छ । टिमका कप्तानसमेत रहेका नवीन पाण्डेले उक्त रकम सहकर्मी न्यौपानेलाई हस्तान्तरण गरे ।
उपविजेता टोली टि वर्गरले पोखरामा महिला र बालबालिकाको क्षेत्रमा कार्यरत सञ्जिवनी समूहलाई रहम हस्तान्तरण गरेको छ ।
विजेता खेलाडीलाई सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर, संस्थाका अध्यक्ष दिलबहादुर गुरुङ, तमु धीं युके अध्यक्ष कमल गुरुङ, नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेज गुरुङ, सहारा युके महासचिव धनु पुरन थकाली, गैरआवासीय नेपाली संघ युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, संस्थाका महासचिव याम गुरुङ, भूतपूर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष खड्गबहादुर रानाभाट, संस्थाका प्रमुख सल्लाहकार दिनेश श्रेष्ठ लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया