गुल्मेली समाजको अध्यक्षमा क्षितिज

समाधान संवाददाता, पोखरा
गुल्मेली समाज पोखराको १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशन शनिबार भएको छ ।
अधिवेशनबाट अध्यक्ष भानुभक्त भण्डारी (क्षितिज), उपाध्यक्षहरुमा नारायणप्रसाद न्यौपाने र कमलप्रसाद न्यौपाने, सचिव रुक्मांगत पोखरेल (विष्णु), कोषाध्यक्ष कृष्ण ज्ञवाली, सहसचिव विक्रम केसी र सहकोषाध्यक्ष चेतबहादुर घर्ती सर्वसम्मत भएका छन् ।
समितिका सदस्यमा प्रकाश ज्ञवाली, लक्ष्मी पोखरेल, रेखा भण्डारी, प्रकाश पुन, विष्णु विक, सिर्जना कँडेल, विष्णु पाण्डे, संगीता ढकाल, हेमनाथ ज्ञवाली (हिमाल), अमृता रेग्मी र हुमाकान्त पौडेल छन् ।
कार्यक्रममा गुल्मी घर भई पोखरा बसोबास गर्दै आएका प्रकाश ज्ञवाली पोखरा प्रज्ञा प्रतिष्ठानको सदस्य भएकोमा सम्मान गरिएको छ ।
कार्यक्रममागण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव इन्दु घिमिरेले सदस्यको हकहितका अलवा रचनात्मक र सिर्जनात्मक काम गर्न सुझाव दिइन् ।
सभामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याल र समाजका अध्यक्ष नेत्रलाल ज्ञवालीले समाजको आवश्यकता र औचित्यका बारेमा प्रकाश पारेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया