गण्डकी र धौलागिरी क्षेत्रमा लायन्सको फेलोसिप

समाधान संवाददाता २०७७ चैत २ गते ९:५९

महाधिवेशनबाट डिस्ट्रिक्ट गभर्नर तथा भाइस गभर्नरहरु निर्विरोध चयन हुने
समाधान संवाददाता, पोखरा 

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ नेपालको आगामी लायन वर्षको नेतृत्वका लागि तयार रहेका लायन लिडरहरुको गण्डकी र धौलागिरी क्षेत्रमा मिट, ग्रिट एन्ड फेलोसिप कार्यक्रम सम्पन्न भएको छ ।

आइडी इन्डोर्सिका उम्मेदवार लायन बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार विशेश्वर आचार्य, प्रथम भाइस गभर्नरका उम्मेदवार महेन्द्र पौडेल र द्वितीय भाइस गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यलेगण्डकी र धौलागिरी क्षेत्रका क्लबबीच उम्मेदवारी प्रस्तुत गरे ।

Advertisement

सबै उम्मेदवारले शतप्रतिशत एस भोटको अपिल गरेका थिए । योपटक डिस्ट्रिक्टमासबै एकल उम्मेदवार भएकाले चैत १४ गते पोखरामा हुनेडिस्ट्रिक्ट ३२५ बि १ नेपालको नवौंै महाधिवेशनबाट डिस्ट्रिक्ट गभर्नर तथाभाइस गभर्नरहरु निर्विरोध चयन हुनेछन् ।

पोखरा,स्याङ्जा र तनहुँ क्षेत्रका करिब ८०० लायन्सको उपस्थितिमा शुक्रबार पोखरामा सम्पन्नसंयुक्तफेलोसिप कार्यक्रममा डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार विशेश्वर आचार्यले आफूले नेतृत्व लिएपछि आगामी लायन वर्षमा गरिने कार्ययोजना प्रस्तुत गरेका थिए ।

Advertisement

सर्भिस फर अ स्माइल थिममा रहेर दिगो विकासमा आधारित कार्य गर्ने उनले बताए । उद्यमशीलताको विकास गर्दै विभिन्न १० जिल्लाका गाउँलाई लायन्स उद्यमी गाउँका रुपमा विकास गरिने र वर्षभर नै लायन्सका सबै कार्यक्रम त्यही क्षेत्रमा लक्ष्य गरिने योजना रहेको जानकारी गराए ।

प्रथम भाइस गभर्नरका उम्मेदवार महेन्द्र पौडेल र द्वितीय भाइस गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यले डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार विशेश्वर आचार्यले ल्याएका कार्यक्रमलाई सफल बनाउन एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

आइडी इन्डोर्सीका उम्मेदवार लायन बालकृष्ण बुर्लाकोटीले आपूmले लायन्स अन्तर्राष्ट्रियको नेतृत्व गरेपछि धेरै प्रोजेक्ट नेपाल भिœयाउने योजना रहेको बताए ।

कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर मनबहादुर रोक्का, म्यागेजिनका चिफ एडिटर धनराज आचार्य, लायन लिडरहरु, गिरधारी शर्मा, गौतममान श्रेष्ठ, ध्रुव थापा, अशोक श्रेष्ठ, भूगोल शेरचन, राजेन्द्र बाटाजु लगायतले सबै उम्मेदवारलाई आफ्नो साथ र समर्थन रहेको बताउँदै सफलताको कामना गरेका थिए ।

लायन्स क्लब अफ पोखरा सेन्ट्रलका अध्यक्ष बबिन बग्दासको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन लायन्स क्लब अफ काठमाडौं साझा फूलबारीका अध्यक्ष हरिचन्द्र तिवारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन डिष्ट्रिक्ट जिएमटि को–अर्डिनेटर दुर्गाप्रसाद हुमागाईंले गरेका थिए ।

बुध र बिहीबार गोरखा, आबुखैरेनी, धौलागिरीको म्याग्दी, बागलुङ, पर्वत क्षेत्रका क्लबहरु बिच पनि मिट, ग्रिट एन्ड फेलोसिप कार्यक्रम सम्पन्न भएको थियो । शनिबार तनहुँ र धादिङ क्षेत्रका क्लबहरु बीचमा समेत फेलोसिप कार्यक्रम गरिएको थियो ।

फेलोसिप कार्यक्रममा आइडी इन्डोर्सीका उम्मेदवार बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार विशेश्वर आचार्य, प्रथम भाइस गभर्नरका उम्मेदवार महेन्द्र पौडेल, द्वितीय भाइस गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यले शतप्रतिशत एसभोटको अपिलसहित सहयोगको आह्वान गरेका थिए । यसअघि गत महिना काठमाडौं क्षेत्रका क्लबबीचमा पनि संयुक्त फेलोसिप कार्यक्रम सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया