रहेनन् कांग्रेस नेता नवीन्द्रराज जोशी

समाधान संवाददाता २०७७ चैत १३ गते २१:४९

काठमाडौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात पीडित जोशीको नर्भिक अस्पतालको अति सघन कक्षमा शुक्रबार राति निधन भएको अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले बताए ।

१४ फागुन स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरमा सीटी स्क्यान गरेर हेर्दा उनको दिमागमा रगत जमेको देखियो । त्यसपछि वीरले नर्भिक अस्पताल रिफर गरेको थियो ।

Advertisement

नर्भिक पुग्दा नेता जोशी कोमामा पुगिसकेका थिए । उनलाई अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो । २०७३ सालमा नेता जोशी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए ।

पञ्चायतकालमा नेविसंघको महामन्त्री बनेका थिए । उनी काठमाडौंको उपमेयरसमेत बनिसकेका थिए । गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नं ८ मा तत्कालीन एमालेका नेता जीवनराम श्रेष्ठसँग जोशी पराजित भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया