काग्रेस संसदीय दलको निष्कर्षः राजमोको निर्णय नआउन्जेल केही गर्न सकिन्न

समाधान सम्वाददाता, पोखरा ।
एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढालेर नयाँ सरकार गठनका लागि अगुवाई गरिरहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केही समय ‘पर्ख र हेर’को स्थितिमा फर्केको छ ।
सोमबार दिउसो सम्पन्न नेपाली कांग्रेस गण्डकी प्रदेश सभाको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । राष्ट्रिय जनमोर्चाको औपचारिक निर्णय नआउन्जेलसम्म जस्ता गतिविधि गरे पनि अर्थ नरहने भन्दै बैठकले राजमो कै निर्णय पर्खने निष्कर्ष निकालेको हो ।
यसअघि नयाँ सरकार गठनका लागि दलहरुसंग सम्वाद गर्न कांग्रेसले प्रदेश सांसद कुमार खड्काको नेतृत्वमा अन्तरपार्टी वार्ता समिति गठन गरेको थियो । मणिभद्र शर्मा कँडेल र विन्दु थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समितिले अहिलेसम्मको प्रगति र प्रयासका बारेमा संसदीय दलको बैठकलाई औपचारिक जानकारी गराएको थियो ।
शनिबार राजमोका अध्यक्ष चित्रबहादुर केसीले सरकार दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने कुरा समाधान दैनिकलाई बताएपछि वार्ता समितिले अन्तरपार्टी छलफल तिव्र पारेको थियो ।
‘माओवादी केन्द्र र जसपासँग कुराकानी भयो । उहाँहरु यो सरकार ढाल्न बिना सर्त तयार हुनुहुन्छ’ वार्ता समिति संयोजक खड्काले समाधानसँग भने, ‘तर जनमोर्चाले अझै पनि औपचारिक निर्णय गरेको पाइएन । त्यसैले स्थिति जहाँको तही छ ।’
जनमोर्चाले औपचारिक निर्णय नगरुन्जेलसम्म थप वार्ता र सम्वादको अर्थ नभएकाले अहिलेलेलाई जनमोर्चा कै निर्णयको पर्खाई रहेको खड्काले बताए ।
‘संसदीय दलको बैठकमा पनि वार्ता समितिको तर्फबाट यही जानकारी गरायौं र बैठक सकियो ।’ उनले भने ।
गण्डकी प्रदेश सभामा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले जोगाउने या नयाँ सरकार बनाउने चाबी राजमोसँग छ । कांग्रेस, माओवादी केन्द्र र जसपासंग सभामुख बाहेक २८ सांसद छन् भने पृथ्वीसुब्बा गुरुको पक्षमा २८ सांसद छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा राजमोका ३ सांसद छन् । यी जता लाग्यो त्यतैको संख्या ३१ पुग्छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया